Date

आइत, चैत्र २, २०८१
Sun, March 16, 2025

भारतसँग रेल किन्ने सरकारको निर्णय, पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गरिने

भारतसँग रेल किन्ने सरकारको निर्णय, पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गरिने

काठमाडौं, ३ माघ । सरकारले भारतसँग रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक स्विकृति दिएको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एव संचार तथा सुचाना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले जी टु जी प्रणाली अन्तरगत भारतसँग रेल किन्न भौतिक पुर्वाधार तथा यतायात मन्त्रालयलाइ स्वीकृत दिएको जानकारी गराए । यस्तै मन्त्री परिषद्को बैठकले पानीजहाज सञ्चालन गर्नको लागि नेपाल पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यसका लागि बैठकले १६ जना कर्मचारीसहित कार्यालय पनि स्थापना गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले लगानी सम्मेलन २०१९ आउँदो चैत्र १५ र १६ गते हुने लगानी सम्मेलनलाई ऐतिहासिक बनाउने र समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न सम्मेलनको भरपुर उपयोग गर्ने पनि निर्णय गरेको छ ।  यस्तै सुर्खेतको विरेन्द्रनगरमा शितभण्डार बनाउन ५० लाख रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ । यस्तै मन्त्रीहरुले आफ्नो तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नभई सम्बन्धित मन्त्रालयबाटै लिने पनि निर्णय गरेको छ । यस्तै सञ्चयकोषको अध्यक्षमा शिशिरकुमार ढुंगानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यसका साथै सरकारले  दैलेख र पाल्पाको तानसेनमा भएको ग्यास खानीको अन्वेषण गर्न चिनियाँ परियोजनालाई स्वीकृति दिएको पनि बास्कोटाले जानाकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x