फेरी रोकियो सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनको बाटो

काठमाडौं ३ माघ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गएको पुस १० गते विनोद चौधरीको स्वामित्वमा रहेको सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको अन्तरिम आदेश खारेज गरिएकाे छ ।
सर्वोच्च अदालतले सिजी टेलिकमको विषयमा यसअघि जोशीले गरेको अन्तरिम आदेश त्रुटिपूर्ण भएको फैसला गरेको हो । सो आदेश आदेश खारेज गरेसँग सिटिलाइ मोवाइल सेवा संचालन गर्ने बाटो पुन: बन्द भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलाशले सिजी टेलिकमलाई सेवा सञ्चालनको अनुमति दिन दूरसञ्चार प्राधिकरणका नाममा दिएको अन्तरिम आदेश खारेज गरेको हो ।
सिजिलाई अनुमतिपत्र दिन सर्वोच्चले दिएको अन्तरिम आदेशमा त्रुटि भएको भन्दै दूरसञ्चार प्राधिकरणका निमित्त प्रमुख पुरुषोत्तम खनालले पुस २४ गते सर्वोच्चमा भ्याकेट निवेदन दिएका थिए ।