Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, ४ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५४ औं वार्षिकोत्सबको अवसर पारेर रक्तदान एवं सरसफाई कार्यक्रम आयोजना गरेको छ । बैंकले शुक्रबार केन्द्रीय कार्यालय परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका १ सय २० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरेका थिए ।

यसका साथै बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन गर्नुका साथै वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजिकल चेयर प्रतियोगिताको पनि आयोजना गरिरहेको छ । शनिबार बिहान बैंकले वित्तिय चेतनामुलक प्रभात फेरी कार्यक्रमको पनि आयोजना गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x