मुलुकको विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड पुग्याे

काठमाडौं, २८ वैशाख । मुलुकको विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार विनिमय सञ्चिति १८.९ प्रतिशतले बढेको हो । ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ सञ्चिति थियो ।
तथ्यांअनुसार असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ । सञ्चित विदेशी मुद्राले १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने बताइएकाे छ ।