प्राकृतिक स्रोत दोहन र जुवातास खेल्ने कसैले उम्कन्छु भन्ने नसोचे हुन्छ : धिताल
काठमाडौं, ५ माघ । जिल्ला प्रहरी कार्यालय बझाङले जिल्लामा प्राकृतिक स्रोतको दोहन र जुवातास नियन्त्रणमा कडाइ गरेको छ । भद्रौयता प्रहरीले जुवातास खेल्ने र खेलाउने दुई दर्जन बढीलाई पक्राउ गरि कारबाही गरेको छ । अहिले जुवातास मुक्त भएको भन्दै प्रहरीले कसैले खेलाएको र खेलेको भेटिएमा कठोर कारबाहीको चेतावनी दिएको छ ।
जिल्लाका प्रहरी प्रमुख (डिएसपि) प्रबिण धितालले कात्तिकमा आफूले जुवाडे पक्राउ गर्न बनाइएको योजनाको अडियो बाहिरि ल्याएर केहीले ब्याक्मेलिङ गरिरहेको बताए । प्रहरी प्रमुखले नै जुवा खेलाउन निर्देशन दिएको भन्ने अनावश्यक प्रचार गर्दै केहीले व्यक्तिगत फाइदाको पछि लागेको भन्दै उनले त्यसबाट सचेत रहन सबैलाई आग्रह पनि गरे ।
‘स्थानीय पत्रकार सम्राट सिंहको उक्साहटमा लागेर केहीले आफु विरुद्ध ज्ञापनपत्र बुझाउने त केहीले विज्ञप्ती निकाल्ने काम गरिरहेका छन्–उनले भने त्यो अडियोमा हाम्रो रणनीति हो । र सोही अनुसार त्यो बेला ११ जना जुवाडे पक्राउ पनि गरिएको छ । ’
सिंह स्वयंम नदिको अवैध बालुवा बिक्री गर्ने र काठ तस्करीमा संलग्न रहेको जनाएको छ । कुनै पनि बहानामा प्राकृतिक स्रोत दोहन र कानुनले बर्जित गरेको जुवातास खेल्ने कसैले उन्मुक्ति पाउछु भन्ने नसोच्न चुनौती दिए ।