लक्ष्मी बैंकले ८.५० प्रतिशत लाभांश दिने
काठमाडौ, ५ माघ । लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई आठ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता सेयर लाभांश र तीन करोड ६७ लाख ८१ हजार १ सय ४२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले गरेको उक्त प्रस्ताव यही माघ २८ गते आयोजना गरिएको वार्षिक साधारणसभाले पारित गरी नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ ।