सातामा सेयर बजार १२ अंकले बढ्यो
काठमाडौं, ५ माघ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा अन्तिम दिन १२.७२ अंकले बढेको छ । साताको ५ कारोबार दिनमा ५३ लाख ८४ हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड ७० लाख ९७ हजार ६ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा यो साता सबै भन्दा बढी नेपाल बैंकले ४ दिन अग्रता लिएको हो । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ५.७८ अंकले घटेर ११७५.०५ अंकमा बन्द भएको थियो । आईतबार कुल १५८ कम्पनीहरुको ११,६३,७८१ कित्ता सेयर खरिद बिक्री हुँदा ३७ करोड २९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । साताको दोस्रो दिन सोमबार ११.७४ अंकले बढेर १,१८७ .८० विन्दुमा बन्द भएको थियो । सो दिन कुल १ सय ५८ कम्पनीको ८,०५,६०१ कित्ता सेयर खरिद बिक्री हुँदा २६ करोड ८१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो । त्यस्तै मंगलबार नेप्से १७.५४ अंकले वृद्धिभई १,१९५.५४ विन्दुमा कारोबार रोकिएको थियो भने सो दिन ८,३५,२३९ कित्ता सेयर खरिद बिक्री भई ३९ करोड ७३ लाख ५५ हजार ४ सय ४० रुपैयाँ बराबरको कारोबार भएको थियो ।
लगातार २ दिन सकारात्मक रहेको सेयर बजार बुधबार भने नकारात्मक रहेको थियो । बुधबार नेप्से परिसुचक ७.५७ अंकले घटेर ११८७.९७ को बिन्दुमा कारोबार बन्द भयो । सो दिन कुल १६९ कम्पनीको १७,४४,१८७ कित्ता शेयर खरिदबिक्री हुँदा ५३ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
यस्तै साताको अन्तिम दिन नेप्से सुचक ०.२० अंकले घटेर ११८७.७७ को बिन्दुमा कारोबार बन्द भएको थियो । बजारमा कुल १ सय ६४ कम्पनीको ८ लाख ३५ हजार ८२६ कित्ता शेयर खरिदबिक्री हुँदा २८ करोड ७७ लाख ५० हजार ३२१ रुपैयाँको कारोबार भएको थियो ।