Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अब कर्णाली प्रदेशबाटै श्रम स्वीकृत सेवा प्रदान गरिने

अब कर्णाली प्रदेशबाटै श्रम स्वीकृत सेवा प्रदान गरिने

काठमाडौं, ६ माघ । सरकारले आजबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृति लगायत सेवा प्रवाह शुरू गर्दै छ । यअघि प्रदेश १ को राजधानी विराटनगर,प्रदेश २ को राजधानी वुटवल र गण्डकी प्रदेशको पोखराबाट सेवा प्रदान गरेको सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको हो ।

कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गर्न श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गर्नुभएको थियो । त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।

अब बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पुयाइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने तयारी मन्त्रालयले जनाएको छ ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णालीवासीले हजारौं खर्चेर काठमाडौँ आइ श्रम स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । कर्णालीमा सेवा शुरु भएसँगै सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x