एभरेस्ट मःमः अस्ट्रेलियाले पहिलो पटक नेपाली स्ट्रीट फूड फ्रान्चाईजी गर्ने
काठमाडौं २५ माघ । एभरेस्ट मःमः अस्ट्रेलियाले, अस्ट्रेलियामा पहिलो पटक पहिलो नेपाली स्ट्रीट फूड फ्रान्चाईजीहरु बिक्रि गर्ने भएकोे छ । एभरेस्ट मःम अस्ट्रेलियाले ४४ भन्दा बढी विभिन्न प्रकारका मःम हरु उपलब्ध गराउदै आएको छ ।
छोटो समयमा नै ग्राहकहरुको मन जीत्न सफल एभरेस्ट मःमः अस्ट्रेलियाले नेपाली वास्तविक मःम को स्वाद अस्ट्रेलियाभरि पस्कदै संसारका अन्य मुलुकहरुमा पनि विस्तार गर्ने योजना बनाएको छ । यस व्यावसायमा निरन्तरता दिदै अस्ट्रेलियन स्थानीय गुणस्तरिय उत्पादनहरु प्रयोग गर्दै वस्तु, विकास, स्वस्थ र स्वादिलो मःमः ग्राहकहरु समक्ष उपलब्ध गराउदै आएको छ ।
संग–संगै अगाडी बढौं भन्ने उद्देश्यका साथ सिड्नीको विभिन्न १० सबर्बहरु क्रमश, अर्वन, बोन्दाई, ब्ल्याक टाउन, हर्नस्बी, हर्स्िभल, लिभरपूल,म्यान्ली , न्युट्रल वे, न्यु टाउन, रकडेलमा लगानी गर्न आव्हान गरेको छ । यस व्यावसायमा थोरै लगानी, कम झन्झटिलो र धेरै मुनाफा रहेको र नयाँ अवसरको रुपमा रहेको संस्थाका संचालक सन्तोष अधिकारी र प्रमोद रिमालले बताए ।