Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ता पुरा

वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ता पुरा

काठमाडौ, २६ माघ ।  वाग्मती सफाइ महाअभियानको ३००औँ हप्ता पुरा भएको छ । ३०० हप्ता पुगेको अवसरमा शङ्खमूलस्थित नदी किनारमा आज विशेष कार्यक्रम गरियो । विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गर्नुभएको थियो । अभियानले ३०० हप्ता पुरा गरेको अवसरमा विहान बिहान ७ बजे आलोकनगर र युएन पार्कबाट जनजागरण यालीसहित शङ्खमूलमा जम्मा भएर सफाइ सहित विविभ कार्यक्रम गरियो । यही विशेष अवसर पारेर ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने गरी कार्यक्रम घोषणा गरिएको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएपनि प्रधानमन्त्री अनुउपस्थित रहनु भयो भने परारष्ट्र मन्त्री प्रदिप ज्ञावली, वातवरण मन्त्री शक्ति बस्नेत र खानेपानि मन्त्री विना मगर लगायतको उपस्थिति रहेको थियो । हाल उपत्यकाका विभिन्न स्थानका साथ उपत्यकाबाहिर समेत गरी १०२ स्थानमा नदी एवं नगर सफाइका कार्यक्रम भइरहेका छन् ।

शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी गरिएको थियो ।

यस अवधिमा करीब १८ हजार मेट्रिक टन फोहर उठाई सकिएकोे छ । कार्यक्रमा २ हजार भन्दा बढी सघ सस्था परिचालित हुँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x