पत्याएन् विदेशिले राजनीतिक स्थायित्व, घट्यो बैदेशिक लगानी प्रतिबद्धता
काठमाडौं,२६ माघ । देशमा दुईतिहाइ बहुमत सहितको बलियो सरकार छ । लगानी प्रवृद्धनका लागि चाहे जस्तो कानुन निर्माण गर्न मात्र होइन संविधान नै संशोधनको ल्याकत यो सरकारले राख्छ तर चालु आर्थिक बर्षमा विदेशी लगानीकर्ताको लगानी प्रतिवद्धता भने घट्दो छ । उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षको यो अवधि सम्म विदेशी लगानी १४ अर्ब १० करोड ७ लाख रुपैयाँको प्रतिबद्धता भएको थियो भने यस वर्ष सोही अवधिमा १० अर्ब २ करोड ६८ लाख ७६ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भएको छ । जुन गत बर्षको तुलनामा २७ प्रतिशतले कमी हो ।
घट्दो बैदेशिक लगानी प्रतिवद्धतालाइ उकास्न सरकार लगानी सम्मेलन तयारीमा जुटेको छ । कानुन संशोधन गरेर लगानी प्रवृद्धन उद्योग दर्ता लगायतका विषयहरुलाइ एकद्धवार प्रणाली मार्फत सेवा दिने बताइ रहेको छ । त्यही अनुशार कानुन संशोधनको गृहकार्य गरिरहेको छ । कतिपय कानुन संशोधनहरु भइसकेका छन् । यस्तो अवस्था पनि बैदेशिक लगानी प्रतिवद्धताम कम आउनु राम्रो संकेत भने पक्कै होइन । वैदेशिक लगानी प्रतिवद्धता घटनुमा देशमा लगानी गर्न विदेशीलाइ विश्वास दिलाउन नसक्नु नै मुख्य करण भएको वैदेशिक मामला जानकार प्रेम खनाल बताउछन् । “लगानीको सुरक्षाको ग्यारेन्टीका लागि त्यही अनुशारका कानुनी र नीतिगत संरचना निर्माण नगरेसम्म लगानी सम्मेलन गर्दैमा लागानी भित्रि हाल्ने अवस्था हुदैन । सरकारले भुक्म्प पछि पनि लगानी सम्मेलन गरेको थियो । तर प्रतिवद्धता धेरै आएपनि लगानी त्यो अनुशारको लगानी भने भएन । यसको मुख्य कारण हाम्रा कानुनी नितिगत संरचनामा केही केही कमजोरी छन् तिनको पुनरावलोन गर्नु पर्ने देखिन्छ’ खनाले भने ।
घट्दो लगानी प्रतिवद्धता बढदो उद्योग दर्ता
चालु आर्थिक बर्षमा लगानी प्रतिवद्धता घटेपनि विदेशी लगानी रहने गरि दर्ता गरिएका उद्योगका संख्या भने बढी छ । सानासाना लगानीका लागि मात्र यस्ता उद्योगहरु दर्ता भएको हुँदा उद्योग दर्ताको संख्या मात्र बढेको देखिन्छ । जलविद्युत लगायतका ठुला आयोजनमा लगानी गर्ने गरी बैदेशिक लगानी आएको देखिदैन । खुद्रे आयोजनामा एव उद्योग संचालनका लागि मात्र उद्योगहरु दर्ता भएको विभागको तथ्याङ्कले देखाउछ । जसमा सेवा मुलक र पर्यटन सम्वन्धी बढी रहेका छन् । सेवामूलक उद्योग ६९ वटा दर्ता भएका छन् भने पर्यटनमूलक उद्योग ६८ वटा दर्ता भएका छन् । सबैभन्दा कम निर्माण र खानी उद्योग दर्ता भएका छन् । निर्माणसम्बन्धी उद्योग एउटा दर्ता भएको छ भने खानीसम्बन्धी जम्म दुईवटा उद्योग दर्ता भएका छन् ।यसमा पनि बढी भारत र चिनका मात्र रहेका छन् । त्यसमा पनि चिनको लगानी अघिल्लो बर्षको तुलनमा कम हुँदै आएको छ ।