सेयर बजारमा १.३४ अंकको बृद्धि, २० करोडको कारोबार
काठमाडौं, २८ माघ । सोमबार सेयर बजारमा केही सुधार आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार सोमबार भने १.३४ अंकले बढेर ११२८.८६ को बिन्दुमा बन्द भएको छ ।
सोमबार बैंकिङ, उत्पादन तथा प्रशोधन बाहेक बाँकी सबै समुहको परिसुचक बढेको छ । बैंकिङ १.४८ र उत्पादन तथा प्रशोधन समुहको परिसुचक १०.२४ अंकले घटेको छ । उत्ता, जीवन बीमा २४.४२, जीर्विन बीमा १०.२१, होटल १३.३४, विकास बैंक १३.७१, माइक्रोफाइनान्स १०.४५ अंकले बढेको छ ।
१ सय ६६ कम्पनीको २० करोड भन्दा माथिको कारोबार भएको छ । जसमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । त्यस्तै सो दिन सबैभन्दा धेरै कमाउनेमा चौतारी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् भने धेरै गुमाउनेमा बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।