माछापुच्छ्रे बैंकद्वारा एजुकेसन हव सेवा सुरु
काठमाडौं, २८ माघ । माछापुच्छ्रे बैंकले ‘एजुकेसन हब’सेवा सुरु गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गरि बैंकको काठमाडौं स्थित पुतलीसडक शाखामा हव संचालनमा ल्याएको हो ।
हव मार्फत बैंकले सम्पूर्ण शैक्षिक कर्जा रअनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श दिने छ । साथै कर्जाको लागि आवेदन समेत त्यहीबाट दिन सक्नेछन् । यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुनेमा बैंक विश्वस्त छ ।
हाल बैंकले मुलुकका विभिन्न् स्थानमा रहेको ९३ वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा दिदै आएको छ ।