Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बोनस ऐनमा फेरी पुरानै ब्यवस्था

बोनस ऐनमा फेरी पुरानै ब्यवस्था

काठमाडौं,२८ माघ । संसद समितिमा बिचाराधिन रहेको बोनस ऐनमा फेरै पुरानै ब्यवस्था कायम गरिएको छ । सरकारले केही नेपाल ऐनमार्फत बोनस ऐनमा संशोधन गर्दै कम्पनीहरूमा बोनस बाँडेर बचेको रकम सिधै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्थाको प्रस्ताव  गरेकोमा संसद समितिले त्यसलाइ संशोधन गरेको छ । सरकारले बोनस दिएर बाँकी रहेको रकम सामाजिक सुरक्षा कोषमा जम्मा हुने व्यवस्था गरेको थियो ।

संसद्को कानुन समितिले प्रतिष्ठानहरूले बोनस बाँडेर बचेको रकममध्ये ७० प्रतिशत रकम प्रतिष्ठान स्तरको कल्याणकारी कोषमा जम्मा हुने र बाँकी ३० प्रतिशत रकम मात्र सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अघि पनि बोनस दिएर बाकी रहेको रकम कर्मचारी काल्यणकारी कोषमै रहने ब्यवस्था थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x