Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

रोजगार नपाए बेरोजगार भत्ताका लागि तयार रहनुहोस !

रोजगार नपाए बेरोजगार भत्ताका लागि तयार रहनुहोस !

काठमाडौं, २९ माघ । सरकारले भोली देखि अर्को महत्वकाक्षी कार्यक्रम घोषणा गर्दै छ । कार्यक्रमले बेरोजगारीलाइ १०० दिनको रोजगार दिने छ त्यो दिन सकेन भने बेरोजगार भत्ता दिने छ । प्रधामन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहका बीच भोली घोषणा गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम सो ब्यवस्था गरेको छ । जुन रोजगार सम्वन्धी मौलीक हक कार्यान्वयनका लागि अघि सरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भोली काठमाण्डौमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले  कार्यक्रम घोषणा गर्ने जानकारी दिएका छन् । घोषणा सँगै तत्काल कार्यक्रम कार्यान्वयमा लैजाने मन्त्री विष्टको भनाइ छ ।

कार्यक्रममा बेरोजगार रोगार नभए बेरोजार भत्ता ए निर्वाह भत्ता वितरण गर्ने व्यवस्था गरिएको छ । जस अनुशार बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम सय दिन बराबरको रोजगारी, रोजगार सूचना, परामर्श र सहजीकरण, व्यवसायिक तथा सीप विकास तालिम दिने व्यवस्था पनि  गरिएको छ ।

बेरोजगार परिवारलाई भने रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनमा न्यूनतम पारिश्रमिकको ५० प्रतिशतका दरले हुन आउने रकमलाई निर्वाह भत्ताको रुपमा उपलब्ध गराउने छ । निर्वाह भत्ता न्यूनतम रोजगारीको अवसर पनि नपाएकाहरुलाई उपलब्ध गराउने उल्लेख गरिएको छ ।

कुन कुन क्षेत्रमा रोजगार पाइन्छ ?

१०० दिनको रोजगारका लागि कृषी उद्योग पुन निर्माण पर्यटन लगायतका क्षेत्रहरु पहिचान गरिएको छ । जस अन्तर्गत शीत भण्डार निर्माण, कृषि उपजहरुको प्रोशेसिब प्लान्ट निर्माण, परम्परागत र प्लास्टिक पोखरी निर्माण, कृषि उपजको संकलन तथा बेचबिखन केन्द्र निर्माण, पर्ति जग्गामा खेती, खाली जग्गामा फलफूलका विरुवा रोप्ने, सामूहिक तथा सहकारी खेती, व्यवसायिक खेती तथा पशुपालन, कूलो, बाँध, पैनी तथा नहर निर्माण एवं मर्मत सम्भार, जलविद्युत आयोजना र ट्रान्समिसन लाईन निर्माण तथा मर्मत सम्भार, नदी नियन्त्रण, पहिरो नियन्त्रण, मुहान संरक्षण, पाईप बिछ्याउने, ट्यांकी निर्माण, धारा निर्माण, सरसफाई अभियान, शौचालय निर्माण, ढल निर्माण तथा मर्मत सम्भार आदि अर्को सम्भावित रोजगारीका क्षेत्र रहेका छन् । अग्नि रेखा निर्माण लगायतका कार्यहरु, खाली जग्गामा फलफूलका बिरूवा रोप्ने, सडक र नदी खोला किनारमा रुख रोप्ने, गैर काष्ठजन्य वन पैदावार उत्पादन, व्यवसायिक निजी वन, निजी वन नर्सरी, जडिवुटी खेती, प्रशोधन र बजारीकरण, कृषि वन, वन पैदावारमा आधारित उद्योग स्थापना, वायो इन्जिनियरिङ्ग प्रविधि, संरक्षण पोखरी निर्माण, वातावरण संरक्षण, पर्यटकीय पदमार्ग, पर्यटन मार्गको निर्माण तथा मर्मत सम्भार, होटल तथा रेष्टुरेण्ट व्यवसायको प्रवद्र्धन, पर्यटन मार्गमा सेड निर्माण तथा होमस्टे लगायतका ग्रामीण पर्यटन, पर्या–पर्यटन रहेका छन् । यस्तै सबै प्रकारका सडक, रेलवे, बसपार्क, पुल, कल्भर्ट आदिको निर्माण तथा मर्मत सम्भार गर्ने रहेको छ । सार्वजनिक / निजी भवन निर्माण, पुरातात्विक सम्पदाको पुनगर्ने लघु उद्यम, साना तथा घरेलु उद्योग, ठूला तथा मझौला उद्योग आदि क्षेत्रमा रोजगार दिलाइने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x