अरुण तेस्रो आयोजनाको सर्त अनुशार तल्लो अरुण बनाउने भारतको प्रस्ताव
काठमाडौं, २९ माघ । भारतले अरुण तेस्रो जलविद्युत आयोजनाका राखिएका सम्पूर्ण सर्त अनुशार तल्लो अरुण बनाउने प्रस्ताव गरेको गरेको छ । अन्तर्राष्ट्रिय दिगो विकास सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका उर्जमन्त्री बर्षमान पुनसँग भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिहले अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका राखेका हुन ।
तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव आएको र अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही आधारमा थप छलफल गर्ने बताएको उर्जमन्त्री बर्षमान पूनको सचिवालयले जनाएको छ ।
यस अघि ब्राजिलको कम्पनी ‘ब्रास पावर’ले उत्पादन अनुमतिपत्रमा राखिएको सर्तअनुसार काम गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार ऊर्जा मन्त्रालयले आयोजनाको अनुमतिपत्र खारेज गरेको थियो । आयोजनाको लागत करीब रु एक खर्बभन्दा बढी अनुमान गरिएको छ । भारतमा विद्युत् निर्यात गर्ने गरी डिजाइन गरिएमा आयोजनाको क्षमता एक हजार मेगावाटको हाराहारीमा हुने ऊर्जा मन्त्रालयको अनुमान छ । विद्युत् विकास विभागले अहिले सो आयोजनाको सम्भाव्यता तथा विस्तृत अध्ययन गरिरहेको छ ।