Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थ मन्त्रालयका २० अधिकारीहरु अर्थ ब्यवस्थापन तालिमका लागि भारतमा

अर्थ मन्त्रालयका २० अधिकारीहरु  अर्थ ब्यवस्थापन तालिमका लागि भारतमा

काठमाडौं,२९ माघ । भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत अर्थ मन्त्रालयका २० कर्मचारीहरु भारतको ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स INGAF को अर्थ ब्यवस्थपन तालिममा सहभागी भएका छन् ।

कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने उक्त विशेष तालिममाका लागि यस अघि पहिलो चरणमा २० जाना कर्मचारीले तालिइ लिइसकेका छन् । दोस्रो चरणको हिजोबाट शुरु भएको हो । यस तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको छ ।

नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको तालिम कोर्षमा विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्ने बताइएको छ ।

INGAF भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x