Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लगानी सम्मेलन भाँडने केही तत्वहरु सक्रिय छन् – प्रधानमन्त्री

लगानी सम्मेलन भाँडने केही तत्वहरु सक्रिय छन् – प्रधानमन्त्री

काठमाडौं,२८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बैदेशिक लगानी भित्राउन आयोजना गर्न लागिएको लगानी सम्मेलन भाँड केही तत्वहरु सक्रिय भएको बताएका छन् । केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको उल्लेख गर्दै उनले त्यस्ता क्रियालाप सैह्य नहुने चेतावनी पनि दिए। मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको र लगानी सम्मेलन भाडने तत्वहरुले यस्ता गतिविधि गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले केही तत्वहरुले जनतामा निराशा फैल्याउने प्रयास गरिरहेको भएपनि सरकार जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय गर्दै अघि बढेकोले बताए । गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भईरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लडन पनि सबैलाई आह्वान गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x