नेपालमा लगानी गर्न सार्क राष्ट्रका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौं, २८ माघ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क राष्ट्रका लगानीकर्तालाई आग्रह गरेका छन् । दक्षिण एशियाली रोजगारदाता मञ्चको सोमवारदेखि भारतको नयाँदिल्लीमा सुरु भएको आठौं बैठकमा उनले नेपालले राजनीतिक स्थायित्व प्राप्त गरेकाले लगानीको वातावरण बनेको भन्दै लगानीका लागि आग्रह गरेका हुन ।

नेपालका कृषि, पर्यटन, ऊर्जा, सेवा लगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरे । नेपालमा लगानीका थुप्रै सम्भावना रहेको स्मरण पनि उपाध्यक्ष ढकालले गराए ।

श्रमिकका समस्यालाई सम्बोधन गर्ने गरी श्रमसम्बन्धी कानून निर्माण भएको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *