नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा अष्ट्रियाले आर्थिक सहयोग गर्ने
काठमाडौं, १० फागुन । अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल र अष्ट्रियाबीच काठमाडौंमा आज सम्पन्न परराष्ट्र मन्त्रिस्तरीय बैठकपछि अष्ट्रियाले सम्पदा पुन निर्माणमा सघाउने बताएको हो । बैठक पछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले दुइपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै सहयोगमा थप आयामहरुको खोजी गर्ने, व्यापार, लगानी, पर्यटन, पूरातात्विक क्षेत्रको संरक्षण, पानीको व्यवस्थापन गर्दै जनस्तरको सम्बन्धलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको जानकारी दिए ।
अष्ट्रियाकी परराष्ट्र मन्त्री करिन केन्सलले नेपालले भूकम्पपछिको पुन:निर्माणमा हासिल गरेको उपलब्धिको प्रसंसा गर्दै नेपालको पुन:निर्माण र विकासमा अष्ट्रियाको निरन्तर साथ र सहयोग रहने बताइन । मन्त्री केन्सलले नेपालको संस्कृतिक सम्पदाको संरक्षण र विकासमा अष्ट्रियाको निरन्तर सहयोग रहेन वताउदै अष्ट्रियाका तर्फबाट पर्यटक व्यवसायीहरुले नेपालमा लगानी गर्दै आएको र नेपाल भ्रमण वर्ष २०२० मा समेत अष्ट्रियाका पर्यटकहरु आउने जानकारी गराइन ।
बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले र अष्ट्रियाको प्रतिनिधि मण्डलको नेतृत्व नेपाल भ्रमणमा रहनुभएकी अष्ट्रियाकी विदेशमन्त्री करिन केन्सलले गर्नुभएको थियो । मन्त्री केन्सल ३ दिने नेपाल भ्रमणका क्रममा विहिवार नेपाल आउनु भएको हो ।