एयरबस ए ३२० को जहाज मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न संसद समितिको निर्देशन

काठमाडौं,१० फागुन ।  संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एयरबस ए ३२० को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । समितिले यस सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको हो  ।

समितिको निर्देशनपछि बोलपत्र आजै खोल्ने निगमको कार्यतालिका प्रभावित भएको छ । बैठकमा सांसदहरुले कम मूल्यमा बोलपत्र हाल्नेलाई पन्छाएर बढी मूल्य कबोल गर्नेलाई दिन लागेकाप्रति आपत्ति जनाउनुभएको थियो । बैठकमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नियम कानूनभित्रै रहेर बोलपत्रको प्रक्रिया अघि बढाइएको जानाकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *