आयल निगमका डिपोहरुको सिसिटिभिवाटै अनुगमन गरिने
काठमाडौं, १० फागुन । नेपाल आयल निगमलाइ डिजिटाइज गरी अटोमेसनमा लैजाने तयारी गरिएको छ । पत्रकार सम्मेलन गरेर निगमले दिने सेवा प्रवाहलाइ थप प्रभावकारी वनाउन पेपरलेस सेवा प्रवाह गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीलाइ सेवा दिन आनाकानी गर्ने कर्मचारीलाइ त्यस्ता स्थानवाट कुनै पनि वेला फिर्ता वोलाइने जानकारी गराए । यस्तै देशभर रहेका डिपोहरुको सेवा प्रवाहलाइ प्रभावकारी वनाउन सिसिटिभिवाटै अनुगमन गरिने भएको छ । देशभरका डिपोहरुवाट पेट्रोलियम पदार्थ लोड अनलोड गर्ने ट्याङ्करहरुको क्युलाइ पनि डिजिटल म्यानेजमेन्ट गरिने कार्यकारी निर्देशक पौडेले बताए।
ट्याङ्करमा लकिङ् सिस्टम गरेदेखि यता ११ महिनाको अवधिमा चुहावट ९० प्रतिशतले घटेको छ । रक्सौलदेखि अमलेखगञ्जसम्मको ३६ किलोमिटरको पेट्रोल पाइपलाइन विच्छाउने काम मध्ये २७ किलोमिटरको काम सकिएको छ । वाँकी रहेको ९ किलोमिटर काम जंगलक्षेत्रमा परेकाले रुख काट्न अनुमति प्राप्त भइसकेकाले त्यसको काम पनि अघि बढाइएको छ ।