ऐनसेल मुख्यालयको गेटमा भएको बम विस्फोटनमा घाइते गुरुङ्गको मृत्यु

काठमाडौं,११ फागुन । ललितपुर नक्खु स्थित ऐनसेल मुख्यालयको गेटमा भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ। शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा परेर गम्भीर घाइते भएका गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए।

घाइते अन्य दुइअन्य दुईजना घाइतेको पनि उक्त अस्पतालमा नै उपचार भइरहेको छ। विस्फोटमा ललितपुर महानगरपालिका ४ बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेकोकी २५ वर्षीया उरुषा मानन्धरको रहेका छन् । उरूषा उपचारत अस्रपताल मेडिसिटीमा कार्यरत नर्स हुन ।

उनीहरूको अवस्था सामान्य रहेको धानुकले बताए।  शुक्रबार देशका विभिन्न ठाउँमा टेलिफोन प्रदायक कम्पनी एनसेलका टावरमाथि बम विस्फोट र आगजनी भएको थियो भने विभिन्न ठाउँमा बम फेला परेका थिए। फेला परेका बम नेपाली सेनाको बमडिसपोजल टोलिले डिसपोजल गरेको थियो । उक्त घटना कसले घटायो भन्ने अझै पत्ता लागेको छैन । विस्फोट गराएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । लगानी सम्मेलन नजिकिदै गर्दा यस्ता घटनाहरु घटने क्रम बढदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *