गुडविल फाइनान्सको ५.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं, ११ फागुन । गुडविल फाइनान्स लिमिटेड २४औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट ५.३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ । संस्था गत वर्ष ६ करोड ५० लाख रुपैयाँ खुद नाफा गर्न आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षमा भने चुक्तापुँजीको वृद्धि, अस्वस्थ प्रतिस्पर्धा र सुरक्षित लगानीको अभाव एवं उत्पादनमूलक क्षेत्रको न्यून विकासजस्ता नकारात्मक प्रभाव बजारमा रहन गएको संस्थाले जनाएको छ । यस अवधिमा ५ अर्ब ४२ करोड निक्षेप संकलन गरी ४ अर्ब ६७ लाख कर्जा प्रवाह गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *