Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

पंञ्चेश्वर बहुउघ्देशीय आयोजनाको विज्ञ समूह बैठकमा सिंचाइ नेपालको मुख्य प्राथामिकता

पंञ्चेश्वर बहुउघ्देशीय आयोजनाको विज्ञ समूह बैठकमा सिंचाइ नेपालको मुख्य प्राथामिकता

 काठमाडौं,१४ फागुन ।  पञ्चेश्वर बहुउघ्देशीय आयोजनाको विज्ञ समूहको तेस्रो बैठकमा नेपालले दोधरा चाँदनी क्षेत्रको सिंचाईका लागी उपलब्घ हुनु पर्ने पानीको विषयलाई प्रमुखताका साथ उठाउने भएको छ ।

बैठकको तयारीका लागि प्रधानमन्त्री के पी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डललाई दोधारा चाँदनी क्षेत्रको सिंचाईको विषयलाई उच्च प्रथमिकतामा राखी छलफल गर्न निर्देशन दिएका हुन ।  

महाकाली संन्धिको घारा ४ मा नेपालको दोधारा चाँदनी क्षेत्रको सिंचाईका लागी भारत सरकारले १० घनमिटर प्रति सेकेण्ड ३ सय ५० क्यूसेक पानी उपलब्घ गराउने उल्लेख छ ।

तर  महाकाली संन्धि भएको २३ बर्ष पूरा भैसक्दा पनि संन्धिमा लेखिएका विषयहरु समेत कार्यान्वयन हुन सकेका छैनन् ।

पंञ्चेश्वर वहुउघ्देशीय आयोजनाको विज्ञ समूहको तेस्रो बैठक भोलिबाट काठमाण्डौमा शुरु हुँदैछ । बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व जल तथा ऊर्जा आयोगका सचिव र भारतीय पक्षको नेतृत्व भारतको केन्द्रीय जल आयोगका सचिवले गर्दै छन्। पंञ्चेश्वर बहुउघ्देशीय आयोजनाको विज्ञ समूहको दोश्रो बैठक डेढ वर्षअघि भारतको नयाँ दिल्लीमा बसेको थियो । शारदा बाँध, टनकपूर बाँघ तथा पंञ्चेश्वर परियोजना समेत महाकाली नदीको एकिकृत विकास गर्ने उघ्देश्यले नेपाल र भारतबीच २०५२ सालमा सन्धि भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *