Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कामना सेवा विकास बैंकको नयाँ शाखा जनकपुरमा

कामना सेवा विकास बैंकको नयाँ शाखा जनकपुरमा

काठमाडौं, १४ फागुन । कामना सेवा विकास बैंकले धनुषाको जनकपुरमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा यही फागुन १४ गते ६८ औं शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको हो ।
उक्त शाखा बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलेसंयुक्त रुपमा कार्य शुभारम्भ गरेका हुन् । यो सँगै बैंकको प्रदेश २ मा ४ वटा शाखा पुगिसकेको जनाइएको छ ।


काठमाडौं –३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा ६८ वटा शाखा तथा २० वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, सीआस्बालगायतका माध्यमबाट सम्पूर्ण बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x