Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

व्याजदर किचलो – बैंकले व्याजदर समायोजन नगरेको भन्दै फेरि राष्ट्र बैंक पुगे उद्योगी

व्याजदर किचलो – बैंकले व्याजदर समायोजन नगरेको भन्दै फेरि राष्ट्र बैंक पुगे उद्योगी

काठमाडौं, १४ फागुन । बैंकहरुले आफुखुसी कर्जाको चर्को ब्याज लिएको गुनासो बढ्दै गए पश्चात समाधान तर्फ ब्यबसायीहरु र केहि बैंकहरुले पहल गरेका छन् । केही बैंकहरुले ब्याजदर समायोजन गरिरहेका छन् भने केही व्यवसायीहरु भने बैंकहरुले अझै ब्याजदर नघटाएको भन्दै राष्ट्र बैंक धाउन थालेका हुन ।


बैंकहरुले आफुखुसी कर्जाको चर्को ब्याज लिएको भन्दै व्यवसायीहरु सडक आन्दोलन मै उत्रिए । आन्दोलमै उत्रिए पछि राष्ट्र बैंकले केहि हद सम्म चालु आवको मौद्रिक नीतिको अर्ध वार्षिकसमिक्षा मार्फत ब्याजदर नियन्त्रण गर्ने प्रयास ग¥यो तर केन्द्रिय बैंकको प्रयासलाई केहि बैंकले व्याजदर समायोजन गरिरहेका छन् । तर केहि व्यवसायी भने फेरि बैकहरुले व्याजदर नघटाएको भन्दै असन्तुष्ट बन्दै राष्ट्र बैंक धाउन थालेका हुन । व्यवसायीहरु ब्याजदरको समस्या अझै समाधान नभएको गुनासो लिएर नेपाल राष्ट्र बैंक पुगेका ।


नेपाल राष्ट्र बैंकले केही समय अगाडि अर्ध बार्षिक मौद्रिक नीति मार्फत बैंकहरुलाई ब्याजदर समायोजन गर्ने निर्देशन दिएको थियो । तर सोको पालना बैंकहरुले नगरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघको टोली गभर्नर डा. चिरञ्जीवि नेपाल संग गुनासो गर्न राष्ट्र बैंक पुगेका हुन् । महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान सहितको टोली राष्ट्र बैंक पुगेको हो । तर गभर्नरसंग भने उनीहरुको वार्ता हुन सकेन ।


महासंघका टोली राष्ट्र बैंकमा पुग्दा गभर्नर बाहिर भएको जानकारी पाएको हुनाले टोली सहित आफु राष्ट्र बैंकबाट फर्किएको महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जानकारी दिए । बैंकहरुले ८ प्रतिशतमा कर्जा दिएको केहि महिनामा नै १२ देखि १५ प्रतिशत सम्म पु¥याउने गरेको व्यवसायीहरुको आरोप छ । राष्ट्र बैंक भने अर्ध बार्षिक मौद्रिक नीतिमा समावेश गरिएका नीतिले समस्याको समाधान गर्ने र थप समस्या आएमा आगामी मौद्रिक नीतिमा सम्बोधन गर्ने अडानमा छ ।


यता वित्तिय संस्थाहरुले अनावश्यक रुपमा कर्जाको ब्याजदर बढाएको भन्दै व्यवसायीहरुले आन्दोलन गरिरहे पछि केही बैंकहरुले ब्याजदर समायोजन गरिरहेका छन् । सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंकले ब्याजदर समायोजन गरिरहेका छन् । नेपाल बैंकले पुस मसान्त सम्म जारी भएको कर्जाको ब्याजमा १.४६ प्रतिशत घटाएको छ त्यस्तै कृषि विकास बैंकले पुस मसान्त सम्म जारी भएको कर्जाको ब्याजदरमा १ प्रतिशत घटाएको छ ।


कृषि विकास बैंकले कर्जा संगै निक्षेपको व्याजदरमा भने वृद्धि गरेको छ । बैंकले साधारण बचत तर्फ पनि १.५ प्रतिशत व्याजदर बढाएको हो । माग र आपुर्तिलाई सन्तुलन राख्न कर्जा र निक्षेप दुबैको ब्याजदर समायोजन गरेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए । वित्तिय क्षेत्रको ब्याजदर भने बजारले नै निधारण गर्ने हुँदा यसमा कुनै पनि पक्षले हस्तक्षेप गर्न नहुने भन्दै स्रोतको अभावमा बैंकहरुमा पर्याप्त पुँजी नभएको र कर्जाको माग बढी भएको हुँदा ब्याजदर पनि बढ्न गएको धारणा उनको छ । –“बैंकहरुमा लगानी योग्य पुँजीको अभाव छ, पुँजी वृद्धि, शाखा विस्तार र कर्मचारी समायोजनमा खर्च बढेको छ, बेस रेट भन्दा तल गएर कर्जा लगानी गर्न कुनै पनि बैंकहरु सक्दैनन् । ” बैंकहरुले एक स्थानबाट पैसा लिएर अर्को स्थानमा लगानी गर्ने हुँदा कर्जाको ब्याजबाट नै निक्षेपकर्तालाई ब्याज दिने हुँदा ब्याजदर निधारण वित्तिय बजारले नै गर्ने प्रमुख कार्यकारी अधिकृत उपाध्यायको भनाई छ ।


बैंकिङ क्षेत्रमा तरलताको अभावको कारण नै ब्याजदर सम्बन्धी समस्याहरु आउने गर्दछ । अहिले बैंकहरुमा समस्या के रहेको छ भनेर बुझेका व्यवसायीहरु पनि अबुझ बनेर आन्दोलन गरिरहेको सिभिल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । उनी भन्छन् –“अधिकांस बैंकका संचालक समितिका अध्यक्ष लगायत सदस्यहरु उद्योगी व्यवसायीहरु छन् । बोर्डको बैठकमा नाफा धेरै चाहियो भनेर पनि उनीहरुले नै भन्ने अनि आफ्ना संघ संगठनका साथीहरु संग मिलेर आन्दोलन पनि उनीहरुले नै गरिरहेका छन् । समस्यामा त बैंकका कार्यसमीतिका मान्छेहरु पर्छन । ” अर्ध बार्षिक मौद्रिक नीतिले लिएको कुरा बैंकहरुले लागु गर्दा अधिकांस बैंकको नाफा घट्ने हुँदा राष्ट्र बैंकले व्यवसायीहरुको माग सम्बोधन गर्दा बैंकिङ क्षेत्रको अवस्था कस्तो छ ? त्यो बुझेर मात्र गर्नु पर्ने महर्जनको भनाई छ ।


सरकारले वित्तिय स्रोत परिचालन हाल सम्म पनि राम्रो संग गर्न सकेको छैनन् । सरकारी खर्च समयमा नै हुने हो भने बैंकिङ प्रणालीमा तरतलाको समस्या केही हद सम्म कम हुने देखिन्छ । तर सरकार र सम्बन्धित निकाय भने समस्याको समाधान भईसकेको दाबी गरिरहेका छन् । अर्ध बार्षिक मौद्रिक नीति समिक्षाले भने समस्या थप निम्त्याएको प्रष्ट हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x