मंगलबार नेप्से ७.१७ अंकले घट्यो
काठमाडौं, १४ फागुन । साताको तेस्रो कारोबार (मंगलबार) सेयर बजार नकारात्मक रहेको छ । सोमबार ७.४१ अंकले बढेको नेपाल स्टक एक्स चेन्ज (नेप्से) मंगलबार भने ७.१७ अंकले घटेर ११०२.५६ विन्दुमा बन्द भएको हो ।
आज नेप्सेमा सुचिकृत सबै समुहको परिसुचक घटेको छ । सबै भन्दा बढी निर्जीवन बीमा समुह ४५ं०२ अंकले घटेको हो । मंगलबार कुल १ सय ६५ कम्पनीहरुको ६,५३,०२८ कित्ता सेयर खरिद बिक्री हुँदा १६ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ । कारोबारमा भने यस दिन अपर तामाकोशी हाइड्रोपावर कम्पनीले अग्रता लिएको छ । जसको ७५ लाख भन्दा बढीको कारोबार भएको हो ।
यसैगरि सो दिन सबै भन्दा बढी नेसनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसको प्रति सेयर मुल्यमा ३.३३ प्रतिशतले घटेको छ । साथै जोशी हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य ७.८५३४ प्रतिशतले घटेको हो ।