Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बेल्ट एण्ड रोड इनिसिएटिभ नेपाल विकासको आधार बन्न सक्छ – प्रचण्ड

बेल्ट एण्ड रोड इनिसिएटिभ नेपाल विकासको आधार बन्न सक्छ – प्रचण्ड

काठमाडौं, १४ फागुन ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले चिनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालमा विकासको नयाँ ढोका खोल्न आधार निर्माण हुने बताएका छन् ।

बेल्ट एण्ड रोड इनिसिएटिभबाट नेपालले लिनसक्ने लाभ र यसका चुनौति विषयमा राजधानीमा आयोजित अन्तराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै नेकपा अध्यक्ष प्रचण्डले छिमेकी मुलुक चिनले सुरु गरेको यो योजना नेपालको विकासको आधार हुने विश्वास पनि व्यक्त गरे । शान्ति र विकास एक अर्काका परिपूरक भएको भन्दै उहाँले शान्तिप्रक्रिया सकेर विकासको चरणमा रहेको नेपालमा विकासको क्रमले तिव्रता लिने पनि दुइपक्षिय लाभ लिने किसिमबाट परियोजना अघि बढने बताए ।

फरक क्षेत्र, फरक सांस्कृतिक र कानुनी प्रणाली भएका राष्ट्रलाई जोड्ने यो योजनामा हालसम्म ३३ राष्ट्रहरु सहभागी भएका छन् । नासा फाउन्डेसनको आयोजनामा भएको दुइदिने सम्मेलनमा विश्वका १२ देशका १ सय ४० बढीको सहभागिता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x