अस्ताए पर्यटनका हस्ती आङछिरिङ, जसको फोटो चिन्ने मिडियालाई पर्यो हम्मे
काठमाडौं, १६ फागुन । बुद्यबार ताप्लेजुङमा भएको एयर डाइनाष्टिको हेलिकोप्टर दुर्घटनमा परि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित सात जनाको निधन भयो ।
मन्त्रीसँगै हेलिकप्टरमा पर्यटन क्षेत्रका हस्ती आङ्छिरिङ शेर्पा पनि सवार थिए । चर्चामा आउन नचाहने शेर्पाको फोटो सामाजिक संजालमा भेट्न मुश्किल छ । सोही कारण केही मिडियाले अकै आङछिरिङ शेर्पाको फोटो समेत पोष्ट गर्न भ्याए ।
कुनै बेला सोलुखुम्बुमा भारी बोक्ने शेर्पाको अहिले दर्जनौ कम्पनीहरुमा अवौको लगानी छ । यती एयर, तारा एयर देखि हिजै दुर्घटनमा परेको डाइनिष्टी हेलिकोप्टरमा पनि उनको लगानी छ । अन्तराष्ट्रिय उडान गर्ने हिमालयन एयरलाइन्समा पनि उनको लगानी छ ।
थामशेर्कु ट्रेकिङ तथा गोकर्ण रिसोर्टमा पनि उनको लगानी छ । नेपालको पर्यटन विकासमा उनको योग्दान अविष्मरणीय रहेको पर्यटन व्यवसायीहरु बताउछन् । लो प्रोफाइलमा बसेर काम गर्ने भएपनि प्राय सबै राजनीतिक दलका नेताहरुसँग उनको निकटतम सम्बन्ध रहेको छ । पर्यटकीय संघसंस्थाको नेतृत्व चयनमा हुने राजनीति र अन्य किसिमका कार्यलाई समेत निस्तेज पार्न प्राय व्यवसायीहरुले उनै शेर्पाको साहरा माग्ने गरेका थिए । उनको निधनले पर्यटन क्षेत्रले अभिभाव गुमाएको भन्दै व्यवसायीहरु दुखित भएका छन् ।