एनएमबि बैंकले ३ अर्वको ऋणपत्र जारी गर्ने

काठमाडौं, १६ फागुन । एनएमबि बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । त्यसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोछ ।

बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता १० प्रतिशत एनएमबि डिबेन्चर २०८५ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *