Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक,राजकीय सम्मानका साथमा अन्त्यष्टि गरिदै

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोक,राजकीय सम्मानका साथमा अन्त्यष्टि  गरिदै

काठमाण्डौ १६, फागुन । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको निधनमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ । आज देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ भने सवै सार्वजनिक विदा दिइएको छ मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्यष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

अधिकारीको अन्त्यष्टि कास्कीमा गरिने भएको छ । त्यसअघि बिहीबार अधिकारीको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागि टुँडिखल र नेकपा कार्यालयमा राखिने भएको छ । अधिकारीको छोरा बिहिबार ३ बजे भारतबाट नेपाल आउने र त्यसपछि आधिकारीको पार्थिव शरिरलाई कास्की लैजाने उनको परिवारीक श्रोतले जनाएको छ ।

मन्त्री रविन्द्र अधिकारी लगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव नेपाली सेनाले आज काठमाडौं ल्याउँदैछ । हिमपात र बर्षाक कारण अन्य शव उठाउने कार्य प्रभावित भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाकै निधन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x