Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

एनआईसी एशिया बैंकको स्मार्ट टेलर सञ्चालनमा

एनआईसी एशिया बैंकको स्मार्ट टेलर सञ्चालनमा

काठमाडौं १५, फागुन । एनआईसी एशिया बैंकले सम्पूर्ण शाखाहरुमा स्मार्ट टेलर संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाइ दिन स्मार्ट टेलर सञ्चालनमा ल्याएको जनाइएको छ ।

स्मार्ट टेलर मार्फत बैंकका ग्राहकहरुले चेक विना नै आफ्नो मोवाईल बैंकिङ्ग तथा डेविट कार्ड प्रयोग गरी काउन्टरबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ । यस्तो कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गरेको बैंकले बिश्वास लिएको जनाएको छ ।

हाल बैंकले देशभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x