चाबहिल सव स्टेशनबाट प्रवाह हुने क्षेत्रमा शनिवार ३ घण्टा विद्युत आपुर्ति बन्द हुने
काठमाडौं, १७ फागुन । काठमाडौंका केही स्थानहरुमा शनिबार विद्युत आपुर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले चावहिल सव स्टेशनको स्विचयार्ड मर्मत गर्नुपर्ने भएकाले सो स्टेशनबाट प्रवाह हुने क्षेत्रमा शनिबार ११ बजे देखि २ बजे सम्म विद्युत आपुर्ति बन्द हुने जनाएको छ ।
प्राधिकरणले यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना पनि गरेको छ ।