आइएमई जनरलको १ लाख २ हजार ३ सय ६४ कित्ता सेयर बुद्यबार देखि लिलामी

काठमाडौं, १७ फागुन । आइएमई जनरल इन्स्योरेन्सले १ लाख २ हजार ३ सय ६४ कित्ता सेयर आउँदो बुद्यबार देखि लिलामी खुला गर्ने भएको छ । यसअघि पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको १ हजार ५९८ कित्ता र सर्वसाधारण समूहको १ लाख ७६६ कित्ता सेयर लिलामी गर्न लागिएको हो ।

कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । यस लिलामीमा आवेदन दिने अन्तिम म्याद फागुन ३० गते अपराह्न ३ बजेसम्म हुनेछ। न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम एक सय कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलबाट सयेर लिलामी भर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *