Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

आज यती र तारा एयरलाइन्सको सबै उडान बन्द

आज यती र तारा  एयरलाइन्सको सबै उडान बन्द

काठमाडौं, १७ फागुन । निजी क्षेत्रको हवाई सेवा प्रदाक कम्पनी यती र तारा एयरलाइन्सले आज आफ्ना सबै उडान बन्द गरेका छन् । एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा दुखद निधन भएको शोकमा आज सम्पूर्ण उडानहरु बन्द गरिएको हो ।

साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ। ताप्लेजुङमा भएको एयर डाइनास्टिको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरको निधन भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x