Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दिवंगत मन्त्री अधिकारीप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली अर्पण, प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

दिवंगत मन्त्री अधिकारीप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली अर्पण,   प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं, १७ फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुँडिखेलमा पुगेर राष्ट्रपति भण्डारीले अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् । टुँडिखेलमा आयोजित अन्तिम श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका थिए ।

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन पार्थिव शरीर टुँडिखेलमा राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x