मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन
काठमाडौं, १९ फागुन । मुक्तिनाथ विकास बैंकले “सबैमा वित्तीय साक्षरता, आजको आवश्यकता” भन्ने मूल आसय सहित विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले तनहुँको व्यास–०१, भादगाउँ स्थित श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा, श्री ज्ञान ज्योति विद्या कुञ्ज मा.वि.,रुपन्देहीको सैनामैना–०६, भाटाचौर स्थित जनकल्याण उच्च मा.वि. पर्वतको मोदी– ०६, तिलाहार स्थित नवजागृत उच्च मा.वि र चितवनको भरतपुर–०८, शरदपुर स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकले विगत ५ बर्ष देखि वित्तिय साक्षारता कार्यक्रम संचालन गर्दै आएको छ । वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग,सफा नोटको प्रयोग लगायउतबारे कार्यक्रममा सहभागिहरुलाई जानकारी गराइएको थियो ।