Shangrila

प्याराग्लाइडिङ दुर्घटनामा एक विदेशी नागरिको मृत्यु

काठमाडौं, १९ फागुन । प्याराग्लाइडिङ दुर्घटनामा परि रोमानियाका ४० वर्षिय एवे चिजरको मृत्यु भएको छ । पोखराको सराङकोटबाट सोलो उडान गरेका उनी बिहान ११ बजेर २० मिनेटमा फेवातालमा खसेको थिए ।

प्याराग्लाइडिङ अवतरण गर्ने बेलामा हावाको सन्तुलन मिलाउन नसकेपछि उनी तालमा खसेका थिए ।त्यहाँबाट उद्धार गरि मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ब्यूस्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उडेका थिए। ल्याण्ड गर्न नसकेपछि प्याराग्लाइडिङ फेवातालको मध्यभागमा बिहान सवा ११ बजे खसेको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *