नेपाल लाईफ इन्स्योरेन्सले ४८.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, १९ फागुन । नेपाल लाइफ इन्स्योरेन्सले ४८.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ। कम्पनीको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद गरि कुल ४८.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बीमा समिति स्विकृत भएपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने छ ।

हाल कम्पनीको चुक्त पुँजी ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ पुग्नेछ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *