Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अध्यक्षद्वयले दिए अधिकारीलाई श्रद्धाञ्जलि

अध्यक्षद्वयले दिए अधिकारीलाई श्रद्धाञ्जलि

काठमाडौं, १९ फागुन ।  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री एव अर्थ मन्त्री भरत मोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पार्टीको झण्डा ओडाउनुका साथै  पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । पार्टि नेता कार्यकर्ताहरु अधिकारीलाइ श्रद्धान्जलि दिन पार्टी मुख्यालय धुम्वाराही पुगेका छन् ।

सोक प्रस्ताव पारित

विहान बसेको नेकपा सचिवालयको बैठकले मन्त्रि अधिकारीको निधनमा सोक प्रस्ताव पारित गर्दै फागुन २३ गते श्रद्धन्जली सभा गर्ने निर्णय गरेको छ । बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको  पार्टी महासचिव विष्णुप्रसाद पौडेलद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x