कामना सेवाद्वारा भिसा डेविट कार्ड सेवा सुरुवात

काठमाडौं, १९ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले भिसा डेविट कार्ड सुविधाको शुभारम्भ गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले उक्त सेवाको शुभारम्भ गरे ।

बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने छन् । साथै, यो कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन मदत पुग्ने विश्वास पनि लिइएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा एटिएम काउन्टर मार्फत ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *