Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पशुपतिमा ६ हजार साधुसन्त , नशालु पदार्थ सेवन र बिक्रीमा कडाई

पशुपतिमा ६ हजार साधुसन्त , नशालु पदार्थ सेवन र बिक्रीमा कडाई

बलराम बुढाथोकी

काठमाडौं, २० फागुन । महाशिवरात्री पर्वको विशेषता हो, साधुसन्त । शिवरात्रीकै लागि देशविदेशबाट साधुसन्तहरु पशुपतिनाथ मन्दिर आएका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार यो वर्ष ६ हजार साधुसन्तहरु पशुपति आएका छन् । त्यसकारण अहिले पशुपति मन्दिर परिसरमा थरीथरीका साधुहरु भेटिन्छन् ।

शिवरात्रीको दिन गाँजा, भाँङ र धतुरो खाएर लठ्ठ भएका साधुसन्तहरुको लिला हेर्नकै लागि सयौ युवा युवतीहरुको पशुपति पुग्ने गरेका छन् । उनीहरु साधुहरुसँग फोटो खिच्नुका साथै आशिर्वाद लिइ रहेका देखिन्छन् । कोही भने साधुसँगै गाँजा, भाँङ लगायतका नशालु पदार्थ लुकिछिपि सेवन गरिरहेको दृष्य देखिन्छ ।

कोषले भने पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन र बिक्री बितरणमा कडाइ गरेको जनाएको छ । सुरक्षा र शिवरात्रीको अवसरमा हुन सक्ने अवैध व्यापारलाई रोक्नकै लागि भनेर ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको पनि कोषले जनाएको छ ।


साधुहरुलाई कोषले खाना र बसोबासको प्रबन्ध मिलाएको छ । मेलाको अवसरमा पशुपतिनाथ आएका साधुसन्तलाई मंगलबार बाटो खर्च सहित बिदाई गरिने छ ।

फोटो फिचर

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x