Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालको सबैभन्दा ठुलो बैंक संचालनमा, पूर्वाधार विकासमा मदत पुग्ने विश्वास

नेपालको सबैभन्दा ठुलो बैंक संचालनमा, पूर्वाधार विकासमा मदत पुग्ने विश्वास

काठमाडौं, २२ फागुन । नेपालको पुर्वाधार बिकासको क्षेत्रमा ठूलो लगानी गर्ने उद्देश्य सहित नेपाल ईन्फ्रास्टक्चर बैंक संचालनमा आएको छ । सरकारी तथा निजी साझेदारीको अबधारणा अनुसार स्थापित बैंक आज देखि संचालनमा आएको हो ।

बैंकको उद्घाटन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रको पुर्वाधार विकास गर्ने कार्यमा बैंकले अहम भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

एकअर्को प्रसंगमा उनले बैंकर्स र व्यवसायीबीच ब्याजदरलाई लिएर भएको बिवादप्रति पनि चासो ब्यक्त गरे । बैंकर्स र व्यवसायी मिलेर वर्तमानमा देखिएको ब्याजदरको समस्या हल गर्नुपर्ने तर्फ संकेत गर्दै उनले सरकारले ब्यजादरमा नियन्त्रण नगर्ने प्रष्ट पारे । आवश्यक सहजिकरणका लागि भने तयार रहेको पनि मन्त्री खतिवडाको भनाई छ ।

नेपाल ईन्फ्रास्टक्चर बैंकमा नेपाल सरकार, विभिन्न बाणिज्य बैंकहरु, बीमा कम्पनी र निजी क्षेत्रको सहभागितामा संचालनमा आएको बैंकमा सर्वसाधारणको समेत लगानी हुने छ । बैंकको
४० अर्ब रुपैयाँ अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेकोले सार्वजनिक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार-यातायात, कृषि, ऊर्जा, पर्यटन, विशेष आर्थिक क्षेत्र, आधुनिक शहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।


नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीयस्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र वाह्य स्रोत जुटाउने रहेको छ । बैंकको संचालक समिति अध्यक्षमा अनुज अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x