पन्ध्रौ योजना मुलुकको विकासका लागि महत्वपूर्ण आधार बन्नुपर्ने सुझाव
काठमाडौं २२, फागुन । राष्ट्रिय योजना आयोगले नेपालको दीर्घकालीन सोच सहितको पन्ध्रौ योजना (आर्थिक वर्ष २०७६÷७७–२०८०÷८१)को खाका माथि सुझाव संकलन गरेको छ। आयोगले आज एक कार्यक्रम आयोजना गरी खाकामा प्रस्तुत गरिएका विषय वस्तु माथि विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग सुझाव माग गरेको हो ।
आयोगले तयार पारेको पन्ध्रौ योजनाको खाकामा धेरै त्रृटी भएकोले त्यसलाई सँच्याउनु पर्ने विषय विज्ञहरुले सुझाव दिएका छन् । प्रा.डा. भिम प्रसाद न्यौपानेले नेपालको आर्थिक विकासका लागि पन्ध्रौ योजनाले महत्वपूर्ण स्थान लिनु पर्ने भन्दै सोही अनुसार योजनाहरु तर्जुमा गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै अन्य विज्ञहरुले पनि योजना छनोटमा विशेष सतर्कता अपनाउनुपर्ने भन्दै पन्ध्रौ योजनाको कार्यान्वयनमा पनि जिम्मेवार बन्न सुझाए । त्यस्तै योजनामा महिलाहरु माथि हुने हिंसा र दुब्र्यावहारको विषयलाई समावेश गर्नुपर्ने सुझाव महिला अधिकारकर्मीहरुले दिए ।
आयोगले यसअघि आफ्ना सदस्यहरुलाई प्रदेशअनुसार जिम्मेवारी दिएर सातै प्रदेशमा अवधारणा पत्रमाथि सुझाव संकलन गरिसकेको छ । पन्ध्रौँ योजना आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने छ ।