Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फोब्सको अर्वपति सुचिमा बिनोद चौधरी २ सय १२ स्थानले माथि उक्लिए, एक वर्षमा २० अर्ब बढी सम्पत्ति आर्जन

फोब्सको अर्वपति सुचिमा बिनोद चौधरी २ सय १२ स्थानले माथि उक्लिए, एक वर्षमा २० अर्ब बढी सम्पत्ति आर्जन

काठमाडौं, २२ फागुन । विश्वका अर्वपतिमध्ये नेपालका विनोद चौधरीले एक वर्षमा २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । अमेरिकी म्यागेजिन फोब्सले सार्वजनिक गरेको सन् २०१९को अर्वपतिको सूचीमा चौधरी १३ सय ४९ औं स्थानमा छन् । चौधरी यसवर्ष मात्रै गत वर्षभन्दा २ सय १२ स्थान माथि उक्लिए ।

गत वर्ष फोर्ब्सको अर्वपतिको सूचीमा १५ सय ६१औं स्थानमा थिए । यसवर्ष २ हजार १५३ डलर अर्बपति पहिचान गरेको छ । चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका छन् ।

चौधरीसँग हाल १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । गत वषै उनको सम्पत्ति १ खर्ब ७० अर्ब बराबरको थियो । उनी चौधरी ग्रुपका प्रमुख हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x