Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेयर बजारमा ९.१२ अंकको बृद्धि, २२ करोडको कारोबार

सेयर बजारमा ९.१२ अंकको बृद्धि,  २२ करोडको कारोबार

काठमाडौं, २२ फागुन । साताको चौथो कारोबार दिन (बुद्यबार) सेयर बजारमा सुधार देखिएको छ। मंगलबार २.०६ अंकले बढेको बजार बुद्यबार ९.१२ अंकले बढेर १,१११.७६ विन्दुमा बन्द भयो ।

सो दिन १ सय ६९ कम्पनीको ८,२६०१३ कित्ता सेयर खरिद–बिक्री भइ २२ करोड ४६ लाख ६६ हजार बराबरको कारोबार भएको छ । कारोबारका आधारमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले अग्रता लिएको छ । बैंकको १ करोड ४६ लाख भन्दा बढी सेयर कारोबार भएको छ । यसका साथै नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंकको पनि १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै उक्त दिन हाथवे फाइनान्स लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । संस्थाको प्रतिसेयर मुल्य ८.३३ प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य ६.५५०२२ प्रतिशतले घटेको छ ।
बुधबार नेप्सेमा सुचिकृत १० बटा समुहमा सबै समुहको परिसुचक सकारात्मक रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x