ब्याजदरबारे बैंकर्स र व्यवसायीलाई अर्थमन्त्रीको सुझाव –‘छलफलमा बसेर साझा निष्कर्ष निकाल्नुस् ’
काठमाडौं, २२ फागुन । बैंक तथा वित्तिय संस्थाको ब्याजदरलाई लिएर बैंकर्स र व्यवसायीबीचको जुहारी अझै सेलाएको छैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत गरेका केही प्राबधान बैंकर्सहरु बेखुस छन् भने केही सिमित व्यवसायी मात्र खुसी देखिएका छन् । व्यवसायी र बैंकर्सबीच ब्याजदरलाई लिएर भएको बिबादबारे अर्थमन्त्री डा.युवराज खतिवडाले आज नेपालकै सबैभन्दा ठुलो बैंक नेपाल इन्फ्रास्टक्चर बैंकको उद्घाटन समारोहमा दिएको अभिव्यत्तिको सार :
हिजो आजका चलन चल्तीको कुरा ब्याजदरको बिषय, बैंक पनि नीजि क्षेत्रको नै उद्योगी, लगानीकर्ताहरु पनि नीजि क्षेत्रको नै तपाईहरु बीचको यो पाखुरा सुर्कासुर्की हामीलाई पटकै मन परेको छैन् । तपाईहरु छाता संगठनमा हुनुहुुन्छ । उद्योग वाणिज्य क्षेत्रका तपाईहरु बसेर छलफल गर्नुस् । साझा निष्कर्ष निकाल्नुस् र सरकारले कहाँनेर हस्तक्षेप गरिदिनु पर्ने हो त्यो भन्नुस् । हामी जथाभवी हात फैलाउदै सुढ पसार्दै तपाईहरुको क्षेत्रमा प्रवेश गर्न इच्छुक छैनौ । हाम्रो त्यो अभिप्राय पनि होइन । तर तपाईहरु झगडा गर्नु हुन्छ भने त्यो झगडा मिलाउन चाहि हामी तयार हुनै पर्छ । झगडा नगर्नुस् ।
अतिवादमा दुवै नजाउ, ६ र १६ को एस्ट्रेममा हामी जानु हुदैन । त्यसको बीचमा हामीले सोलुसन खोज्नु पर्दछ । त्यो सोलुसन कति आउछ अंक गणित हिसाव गर्नेलाई औसतमा थाहा हुन्छ । त्यो औसतमा बस्ने गरि हामीले काम गरौ । दिर्घकालिन लगानीको लागि अवसर पनि जुट्छ । लगानीका लागी सम्भााव्इ परियोजनाहरु त्यसमा सम्भाव्य पनि हुन्छन् । त्यसरी लिएको ऋण तिर्न सक्ने क्षमताको पनि विकास हुन्छ । बैंकहरुको पनि विकास हुन्छ । त्यसो भएको हुनाले यो ब्याजदरमा अस्वाभिक प्रतिस्पर्धा गर्ने कुरा हामी बन्द गरौँ ।
संस्थागत निक्षेपकर्ताहरुले पनि सोच्नुस् : तपाईहरु पनि अत्यन्त धेरै मौसमी लाभ खोज्ने कुरा नगर्नुस् । यसलाई हस्तक्षेप भनेपनि निर्देशन भनेपनि सल्लाह, सुझाव जे भनेपनि हुन्छ । एउटा उखान छ बिरालो कालो भएपनि सेतो भएपनि मुसा मार्न पर्छ । मुसा मसोस्, हाम्रो सामान्य अनुरोध भलै मुसा म¥यो भने बिरालो कालो भए पनि सेतो भएपनि हामीलाई अर्थ छैन् । त्यो मुसो मर्ने भनेको चाही ब्याजदर सन्तुलित र व्यवसाय मैत्री होस् । व्यवसायलाई सम्भावय बनाउने होस् । त्यसरी हामी जान सकौ ।
बैंकहरु पनि विचार गर्नुस्, तपाईहरु २८ वटा हुनुहुन्छ । हामी धेरै भयौ भनेर सबै जना भन्नु हुन्छ । म संगको ब्यक्तिगत भेटमा तपाईहरु सबै हामी धेरै भयौ भन्नुहुन्छ । अनि कुनै दुइटा बैंक मिलेर लौन हामी एक हौ भन्न चाही सक्नु हुन्न । त्यसो हुनाले तपाईहरु धेरै भयौ भन्नेहरु एक ठाँउ बसेर पनि सल्लाह गर्नुस् । अब हामी को–को मिलेर राम्रो बन्न सक्छौ भन्ने विषयमा पनि सोचौ । कमसेकम तपाईहरुको व्यवसायीक प्रतिस्पर्धा गर्ने क्षमतामा वृद्धि हुन्छ । पुँजीको आकार बढ्छ र ठुला परियोजनामा जान सक्ने क्षमतामा विकास हुन्छ । यसका धेरै गुणहरु छन् । त्यसो हुनाले अझ पनि धेरै भयौ भन्ने साथीहरुलाई मिलेर अब हामी यति हुने भयो भनेर आउनका लागि म अनुरोध गर्दछु ।