एनआईसी एशिया क्यापिटलद्वारा सेवामा छुटको योजना

काठमाडौं, २२ फागुन । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा आफ्नो दोश्रो वार्षिकोत्सवको अवसरमा सेवाग्राहीहरुका लागि विशेष छुटको योजना ल्याएको छ । क्यापिटलले नयाँ ग्राहकहरुका लागि आफ्ना सेवा शुल्कहरुमा विशेष छुटको योजना ल्याएको हो ।

सो सुविधा अन्तर्गत एनआईसी एशियाको डिम्याट खातामा आगामी चैत ६ गते सम्मका लागी पूर्ण रुपमा निःशुल्क गरिनुका साथै आज देखि एक महिनाका लागि लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *