Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

ललितपुरको हात्तिवनमा नेपाल इन्भेष्टमेण्टको काउन्टर संचालन

ललितपुरको हात्तिवनमा नेपाल इन्भेष्टमेण्टको काउन्टर संचालन

काठमाडौं,२३ फागुन ।  नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटीको स्कुल अफ एजुकेशन एण्ड स्कुल आफ आर्टमा आफ्नो दशौं एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, के युका प्रमुख कार्यकारी अधिकृत श्री मुकुन्दप्रसाद उपाध्याय, के युका डिन प्रा.डा. महेशनाथ पराजुली तथाका डिन प्रा.डा. सागर राज शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

काउन्टरले के यु हात्तिवनको रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । पि.एच.डीसम्मको पढाइ हुने के युमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसंगको नातालाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,६६५ वटा एइक् मेसिन बाट सेवा दिइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *